६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टिमका कप्तानसहित १२ जनाको टोली आज वेष्टइण्डिज जाँदै

आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीवार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेकोमा १२ जनाको टोली आज त्यसतर्फ जान लागेका हुन्।

आज दिउँसो जाने टोलीमा कप्तान रोहित कुमार पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने रहेका छन्।

वेष्टइण्डिजमा नेपालले ५ दिन अभ्यास गर्नेछ। त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका जानेछ।

टिममाका रहेका अन्य ७ जना खेलाडीसहित ४ जना कफिसियल शनिवार राति २ बजे नै कतार हुँदै वेष्टइण्डिज गइसकेका छन्।

शनिवार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक रहेका छन्।

समूह ‘डी’ मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्नेछ। १२ जुनमा नेपालले श्रीलङ्कासँग फ्लोरिडामा खेल्नेछ। त्यसपछि १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बङ्गलादेशसँग भने वेष्टइण्डिजमा गएर खेल्ने। नेपालले २०१४ पछि टी–२० विश्वकप खेल्न लागेको हो।

प्रकाशित: २३ वैशाख २०८१ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App