२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोहित १८ बलमा ५ रन बनाएर आउट

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालको तेस्रो विकेट पनि झरेको छ। नेपालले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ। 

क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार  पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

यसअघि नेपालका आशिफ शेख ११ बलमा ८ रन बनाएर आउट भएका थिए। उनलाई युएईका ओमिद साफी रहमानले एलबीडब्ल्यू आउट गरेका हुन्।

यसअघि कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए। उनी जुनैद सिद्दिकीको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।  

ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेर अघि सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित: ७ वैशाख २०८१ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App