१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

८ ओभरमा हुँदै नेपाल र साउदी अरबबीचको खेल, नेपालले पहिला फिल्डिङ्ग गर्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले टस जितेर साउदी अरबविरुद्ध पहिला फिल्डिङ्ग रोजेको छ।

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेल अबको केहीबेरमा मात्रै सुरु हुन लागेको हो।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा ११ः४५ बजेका लागि खेल समय तोकिए पनि मैदान भिजेका कारण अझै खेल सुरु हुन ढिलाइ भएको हो। वर्षाका कारण खेलमा ढिलाई भएका कारण २० ओभरको खेल ८ ओभरमा सिमित गरिएको छ।

आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ भने साउदी सेमिफाइनलमा पुग्ने आफ्नो प्रयास जारी राख्न चाहन्छ।

ओमानमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ। यअसघि हङकङविरुद्धको खेल पनि वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो। हालसम्म ओमानमा वर्षासँगैको बाढीमा परी १८ जनाको मृत्यु भइसकेको छ।

आजको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ भने साउदी अरब आफ्नो अङ्क जोड्न चाहन्छ।

जारी सिजनमा नेपालले लगातार ३ खेलमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ भने साउदी अरबले ३ खेल खेल्दा १ मा मात्रै जित हात पारेको छ। आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले यसअघिका आफ्ना ३ वटै खेलमा सानदार जित हात पारेको छ।

प्रकाशित: ५ वैशाख २०८१ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App