१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एसीसि मेन्स प्रिमियर कपः नेपाल आज हङकङसँग भिड्दै

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपाल आज हङकङसँग खेल्दै छ। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र हङकङबीको खेल बिहान ११ः ४५ बजेबाट सुरु हुनेछ।

आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ।

साविक विजेता समेत रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा सानदार जित हात पारेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो। भोलिको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ।

आजको खेलमा विश्व किर्तिमान कायम गरेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, गुलशन झा, करण केसी, सोमपाल कामी लगायतमा विशेष नजर रहने छ।

प्रकाशित: ३ वैशाख २०८१ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App