१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आईपीएलमा राजस्थानको सकसपूर्ण जित, शीर्षता कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले आफ्नो शीर्षता कायमै राखेको छ। गयराति सम्पन्न खेलमा राजस्थानले पञ्जाब किङ्ग्सलाई ३ विकेटले हराउँदै राजस्थानले जित हासिल गर्यो। राजस्थानको ५ खेलमा यो चौथो जित हो।

मुल्लानपुरस्थित यादवेन्द्र सिंह स्टेडियममा १४८ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थनले १ बल बाँकी छँदा जित हात पार्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पञ्जाबले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रन बनायो।

पञ्जाबका लागि आशुतोष शर्माले सर्वाधिक ३१ रन बनाउँदा जितेश शर्माले २९ र लियम लिभिङ्स्टोनले २१ रन बनाए। पञ्जाबलाई सस्तोमै समेट्न राजस्थानका अवेज खान र केशव महराजले समान २/२ विकेट लिँदा युजवेन्द्र चहल ट्रेन्ट बोल्ट र कुलदिप सेनले समान १/१ विकेट लिए।

राजस्थानका लागि पनि सोचे जति सहज भएन। १ बल मात्रै बाँकी छदा जित हात पारेको राजस्थानका लागि यशस्वी जयसवालले सर्वाधिक ३९ रनको योगदान दिए भने सिरोन हेटम्यरले नट आउट रहँदै २७ रन जोडे। तनुस कोटेनले २४ रन बनाए। राजस्थानका स्टार खेलाडी रियान पराग भने २३ रन बनाएर आउट भए।

पञ्जाबका लागि स्याम कुरान र कागिसो रवाडाले समान २/२ विकेट लिँदा हर्षल पटेल, अर्षदिप सिंह र लियम लिभिङ्स्टोनले समान १/१ विकेट लिए।

हारसँगै पञ्जाब अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ भने राजस्थान शीर्ष स्थानमा कायम रहेको छ।

प्रकाशित: २ वैशाख २०८१ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App