१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एसिसि मेन्स प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

एसिसि मेन्स प्रिमियर कप आजदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्दैछ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

साविक विजेता समेत रहेको नेपाल आजको खेलमा जित हात पार्दै सुखद सुरुआत गर्न चाहन्छ। रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालले गत वर्षको एसिसी प्रिमियर कपको उपाधि हात पारेको थियो।

नेपाली टिममा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।

यस्तै विरनदीप सिंहको कप्तानीमा रहेको मलेसिया टिममा अहमद फैज, सइद अजिज, विजय उन्नी, आमिर अजिम, सर्विन मुनियान्डी, वाकिफ इरफान, नाजमुस शाकिब, ऐनुल हाफिज, रिजवान हैदर, खिजार हायात, जुबैद जुलकिफले, पवनदीप सिंह र अकिल वाहिद रहेका छन्।

आजको खेलमा कप्तान पौडेलसहित अलराउन्डर गुलशन झा, कुशल भुर्तेल लगायतमा नजर रहने छ।

आजै ओमान र बहराइनबीच बिहान ११ः४५ बजे, युएई र कुवेतबीचको खेल पनि ११ः४५ अनि कतार र हङकङबीचको दिउँसो ४ः१५ बजे खेल हुनेछ। 

प्रकाशित: ३० चैत्र २०८० ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App