२४ चैत्र २०८१ आइतबार
image/svg+xml १४:२१ अपराह्न
खेल

टी–२० मैत्रीपूर्ण खेलको उपाधिका लागि नेपाल र गुजरात भिड्दै

एसएमएस टी–२० मैत्रीपूर्ण खेलको उपाधिका लागि आज नेपाल र गुजरात भिड्दैछ।

नेपाल र गुजरातबीचको फाइनल खेल आज दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ।

गुजारतस्थित साई मेघप्पन स्पोर्ट्सलाइफ मैदानमा हुने आजको खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।

नेपाल जारी प्रतियोगितामा एक खेलमा पराजित र अन्य सबैमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। तर, अन्तिम खेलमा कमजोर टोलीसँग पराजित भएको नेपाललाई आजको खेल सहज हुनेछैन।

टी–२० विश्वकपको तयारी स्वरुप नेपाल हाल भारत भ्रमणमा रहेको छ।

प्रकाशित: २५ चैत्र २०८० ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App