२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ। एकदिवसिय श्रृखंला अन्तर्गत शुक्रबार भइरहेको दोस्रो खेलमा नेपाल ‘ए’ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको थियो।

खेलमा शहब आलम र रिजन ढकालले समान ३÷३ विकेट लिए भने कमलसिंह ऐरीले एक  र मौसम ढकालले दुई विकेट लिए।  

आयरल्यान्डका ब्याट्सम्यान जाी होई ५९ बलमा सर्वाधिक ५० रन बनाउन सफल भए। एनए रकले ३८ बलमा ४५ रन बनाए। यसैगरी लियाम म्याकार्थीले ५२ बलमा ३१ रन बनाए। यसैगरी पीजे मोरले १७ बलमा १७ रन बनाए। 

खेलको सुरुवातमा कमलसिंह ऐरीको बलमा साहब आलमले आयरल्याण्ड वुल्भ्सका ओपनर ब्याट्सम्यान जेम्स म्याक्लुमलाई शून्यमा रन आउट गरेका हुन्। उनले खाता समेत खोल्न पाएनन्। यसैगरी अर्का ओपनर ब्याट्सम्यान स्टीफन डोहनी शोहव आलमको बलमा एलबीडब्लु भएका थिए। १० बलको सामना गरेका उनी २ रन बनाएर आउट भएका हुन।

यसैगरी पिटर मोर रिजन ढकालको बलमा मौसम ढकालबाट क्याच आउट भए। उनले ३ चौकाको सहायताले १७ रन बनाएका थिए। अर्का खेलाडी मोर्गन टपिङ शाहब आलमको बलमा कप्तान विनोद भण्डारीबाट क्याच आउट भएका थिए। उनी ९ बलमा २ रन बनाएर आउट भएका हुन। 

यसैगरी ग्यारेथ डेलानीलाई शाहब आलमको बलमा भिम सार्कीले क्याच आउट गरेका थिए। उनी ६ बल खेलेर शून्य रनमा आउट भएका हुन। यसैगरी फिओन ह्यान्ड मौसम ढकालको बलमा एलबीडब्लु भएका हुन। उनी १९ बल खेलेर मात्र ५ रन बनाउन सफल भए। 

यसैगरी निल रक कमलसिंह ऐरीको बलमा वसिर अहमदबाट क्याच आउन भएका हुन। उनी ३८ बलमा तीन चौका र तीन छक्काको सहायताले ४५ रन बनाएर आउट भए। यसैगरी गेभिन होई मौसम ढकालको बलमा सर्वाधिक ५९ बलमा ५० रन बनाएर आउट भएका थिए। उनले २ छक्का र पाँच चौका हानेका थिए। 

यसैगरी लियम म्याकर्थी मौसम ढकालको बलमा वसिर अहमदबाट क्याच आउट भए। उनले ५४बलको सामना गर्दै ३ चौकाको सहायताले ३५ रन बनाए भने थोमस मेयस ९ बल खेलेर ५ रन बनाएपछि रिजन ढकालको बलमा आउट भएका हुन। 

नेपालले यो खेलमा आयरल्यान्ड वुल्भ्सलाई अतिरिक्त ११ रन दियो। 

तीन एक दिवसीय सिरिजको पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ लाई आजको खेल जित्नुपर्ने दबाब छ। यसअघिको दोस्रो टी–२० सिरिज गुमाइसकेको नेपाल ‘ए’ ले आजको खेलमा जित हात पार्न नसकेको यो सिरिज पनि गुमाउने छ।

पहिलो खेलमा १५८ रनको सामान्य लक्ष्य पाएपनि नेपाल २५.३ ओभरमा १३६ रन मात्रै बनाएर अल आउट भएको थियो।

एक दिवसीय सिरिजको अन्तिम खेल भने आइतबार हुनेछ।

आयरल्यान्ड वुल्भ्सले २ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा २ रन मात्रै बनाउन सकेको छ।

प्रकाशित: २३ चैत्र २०८० १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App