१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विराट गोल्डकप : मच्छिन्द्र र सिक्किम भिड्ँदै आज

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

यी दुवै टोलीमध्ये विजेताले उपाधिका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफसीसँग खेल्ने छ। घरेलु टोली मोरङ २०१९ सालपछि पहिलो पटक फाइनलमा प्रवेश गरेको हो भने गत वर्ष विराटनगर सिटी फुटबल क्लबले उपाधि जितेको थियो।

पूर्व विजेता विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) लाई घरेलु टोली साङ्ग्रिला मोरङ एफसीले सडनडेथमा हराउँदै फाइनलमा स्थान सुरक्षित पारेको छ। बुधबार राति भएको खेलमा एपिएफलाई सडनडेथमा ४–३ गोलले साङ्ग्रिला मोरङ फाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोली गोलरहित बराबरीमा खेलेपछि खेलको निर्णय टाइब्रेकरतर्फ धकेलिएको थियो। टाइब्रेकरमा दुवै टोलीको ३–३ गोलको बराबरी भएपछि सडनडेथमा मोरङ विजयी भयो।

मोरङका लागि आशिष चापागाईं, अभिषेक लिम्बु, उमेश कार्की र कर्ण राईले गोल गरे। विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ विफल पारे।

एपिएफको तर्फबाट दीपेश धिमालको माथिल्लो बारमा लाग्दै बाहिरियो। कुलदीप कार्कीको प्रहारलाई साङ्ग्रिलाका गोलरक्षक विशाल सुनारले सानदार तरिकाले बचाउ गरिदिए। एपिएफका लागि अनिष महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले गोल गरे।

दुवै टोलीले गोलका राम्रा अवसर चुकाउँदै खेल आफ्नो पक्षमा पार्न टाइब्रेकरको सहारा लिनुप¥यो। मोरङका आशिष चौधरीले १६औं मिनेटमा गरेको कडा प्रहारलाई एपिएफका गोलरक्षक रञ्जन श्रेष्ठले विफल पारे। लगत्तै विदेशी खेलाडी स्याङले गरेको प्रहार गोल हुन सकेन।

एपिएफका अनिष महर्जनले २५औं मिनेटमा डिबक्सभित्रबाट गरेका प्रहार बाहिरयो। ६४औं मिनेटमा एपिएफका विदेशी खेलाडी जोनले गरेको प्रहार बारमाथिबाट बाहिरयो।

६५औं मिनेटमा विदेशी खेलाडी स्याङको प्रहारलाई एपिएफका गोलरक्षक श्रेष्ठले उत्कृष्ट बचाउ गरे। अतिरिक्त समयको १०२औं मिनेटमा मोरङका आशिष चापागाईंले डिबक्सभित्रबाट गरेको कडा प्रहार बारमा लागेर बाहिरयो।

मोरङका गोलरक्षक विशाल सुनार प्लेयर अफ द म्याच हुँदै ११ हजार रुपैयाँ प्राप्त गरे।

मोरङका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भए पनि पूरा समय हामीले नियन्त्रण गर्न सफल भएको बताए। निर्धारित समयमा गोल हुन नसक्नु हाम्रो केही कमजोरी रहेको बताउँदै उनले भने, ‘फाइनलमा खेलमा सुधार गर्दै उपाधि जित्ने छौं। अर्को सेमिफाइलनबाट सिक्कमले जिते हामीलाई उपाधि जित्न सहज हुने थियो।’

एपिएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरुले पाएको गोल गर्ने अवसर चुकाउँदा हार्नुपरेको बताए।

प्रकाशित: २२ चैत्र २०८० १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App