१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्ससँग नेपाल 'ए' २१ रनले पराजित

आयरल्यान्ड वुल्भ्ससँग नेपाल 'ए' २१ रनले पराजित भएको छ। तीन एकदिवसीय सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल 'ए' आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको हो।

१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।नेपालका अधिकांश खेलाडी क्याच आउट भए। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई खेल जित्नका लागि १५८ रनको लक्ष्य दिएको छ। 

खेलको दोस्रो इनिङमा नेपालका वसिर अहमद २१ बलमा २० रन बनाएर आउट भए भने शहव आलमले ३४ बलमा सर्वाधिक ३७ रन बनाउन सफल भए। एक बलको सामना गरेका मौसम ढकाल शून्यमै आउट भए। 

पछिल्लो विकेटका रूपमा कमलसिंह ऐरी ११ बलमा ६ रन बनाएर एलबीडब्लु भए भने विनोद भण्डारी ६ बलमा ९ रन बनाएर क्यान आउट भएका छन्। अर्जुन साउद ४ बलमा ४ रन बनाएर क्याच आउट भए। यसअघि आरिफ शेख ५ बल खेलेर शून्य रनमा क्याच आउट भएका हुन। 

नेपालका ओपनर ब्याट्सम्यान देव खनाल र अर्जुन कुर्मीसहित भिम सार्की आउट भए। खनाल २२ बलमा २६ रन बनाएर आउट भएका थिए भने कुर्मीले १४ बलमा ९ रन मात्र बनाउन सफल भए। यसैगरी भिम सार्की शून्यमा आउट भएका थिए। 

आयरल्यान्ड वुल्भ्सका बलर म्याकार्थीले मात्र ४ विकेट लिएका छन् भन् अर्का बलर हम्फ्रेजले ४ विकेट लिए। 

पहिलो इनिङको ३९औँ ओभरमा नेपाल ए का कमलसिंह ऐरीको ह्याट्रिक विकेटले आयरल्यान्ड वुल्भ्स १५७ रनमै सीमित भएको हो। बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा ३८.३ ओभरमै आयरल्यान्ड वुल्भ्सका सबै विकेट पतन भएको थियो।

नेपालका बलर कमलसिंह ऐरीले ‘ह्याट्रिक’ सहित ४ विकेट लिए। उनले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार तीन विकेट लिएका हुन। ६.३ ओभर बलिङ गरेका ऐरीले एउटा ओभर मेडन फाल्दै २१ रन दिएका थिए। 

यसैगरी मौसम ढकाल र साहब आलमले दुई÷दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे । 

केड कार्माइकलले वुल्भ्सका तर्फबाट सर्वाधिक रन बनाएका छन्। उनले ७७ बलमा चार चौकासहित ५१ रन बनाएका हुन। कप्तान रकले भने ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले १२÷१२ रन थपे। 

निर्धारित तालिका अनुसार दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतबार हुनेछ। 

प्रकाशित: २१ चैत्र २०८० १५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App