१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

दुई ओभरमा लगातार विकेट गुमाएपछि दबाबमा नेपाल

छ बलको अन्तरमा दुई विकेट गुमेपछि आयरल्यान्ड वुल्भ्ससँगको खेलमा नेपाल ‘ए’ पुनः दबाबमा आएको छ।

२२५ रनको विशास लक्ष्य पछ्याउँदा दमदार सुरुवात गरेको घरेलु टोलीले नवौं र १० औं ओभरमा लगातार देव खनाल र किरण ठगुन्नाको विकेट गुमाउँदा दबाबमा आएको हो। खनाल ४७ रनमा आउट हुँदा ठगुन्ना तीन रनमै आउट भए।

योसँगै नेपालले चार विकेट गुमाएको छ। यसअघि हिजोको खेलमा शतक प्रहार गरेका ओपनर लोकेश बम १३ बलमा २५ र कप्तान विनोद भण्डारी १३ बलमा २६ रन जोडेर आउट भएका थिए।

जारी खेलमा नेपाल १० ओभरको समाप्तिमा १२४ रनमा खेलिरहेको छ। अहिले आरिफ शेखले नेपालको लय जारी राख्ने प्रयास गरिरहेका छन्।

प्रकाशित: १७ चैत्र २०८० १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App