१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपालको कसिलो बलिङ्ग, आधा आइरिस टोली पेभेलियनमा

त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड वुल्भ्ससँगको टि–२० क्रिकेटमा नेपालका बलर हाबी भएका छन्।

१० ओभर एक बलको खेलसम्म नेपालले आधा आइरिस टोलीलाई पेभेलियन फर्काइ दिएको छ।

नेपालका लागि कुशल मल्लले पाँचौ विकेट लिएसँगै आधा आइरिस टोली पभेलियन फर्किसकेका छन्।

सुरुआतदेखि नै नेपाली टोली हाबी भएको खेलमा अहिलेसम्म १२ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्सले ७० रन मात्रै जोडेको छ।

ओपनर स्टेफन डोहनी ३२ बलमा ४० रन बनाएर क्रिजमा जुँझिरहँदा अर्कातर्फबाट लगातार विकेट गुमिरहेको छ।

प्रकाशित: १२ चैत्र २०८० १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App