१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दबाबमा आयरल्यान्ड वुल्भ्स, नेपाललाई तेस्रो सफलता

आयरल्यान्ड वुल्भ्सविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी टी-ट्वान्टी खेलमा टस जितेर पहिला ब्याटिङ गर्न मैदान उत्रेको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमध्ये ७ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएको छ।

आयरल्यान्डविरुद्ध नेपालका गुलशन झाले १, ललित राजवंशीले १ र करण केसीले १ विकेट लिएका छन्।

नेपाली बलर हावी हुँदा आयरल्यान्ड वुल्भ्स दबाबमा परेको छ। हालसम्म ८ ओभरको खेल सकिँदा उसले ३ विकेट गुमाएर ५१ रन बनाएको छ।  

प्रकाशित: १२ चैत्र २०८० १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App