११ वैशाख २०८२ बिहीबार
image/svg+xml ७:४८ पूर्वाह्न
खेल

हङकङ विरुद्धकाे खेलमा पहिलाे बलमै नेपाललाई पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ। 

करण केसीको बलमा हङकङका मार्टिन कोएत्जी गुल्शन झाबाट क्याच आउट भएका छन्। हङकङले ३ ओभरको समाप्तिमा एक विकेट गुमाएर २४ रन जोडेको छ।

यो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । हङकङको मोङ कोकमा यो खेल भइरहेको छ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी( विकेट किपर), करन केसी, विवेक यादव, आरिफ शेख, सन्दिप जोरा, गुल्शन झा, अविनाश बोहरा प्रतिस जिसी, लोकेश बम, रसिद खान, सागर ढकाल र आकाश चन्द छन्।  

आजबाट नेपाल, पपुवा न्युगिनी र हङकङबीच पूर्व निर्धारित त्रिकोणात्मक टी–२० आई सिरिज हुन लागेको हो। तर, नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई यो खेलमा समावेश गरिएको छैन।

शनिबारको एक मात्र फ्रेन्डसिप खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। यो खेलमा हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङको खुबै फाइदा उठाएका थियो।

हङकङले कमजोर बलहरुको फाइदा उठाएर आक्रामक ब्याटिङ  गर्दै २१२ रन बनाएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८० ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App