१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सरस्वती माविलाई महिला क्रिकेटको उपाधि

विराटनगरको सरस्वती माध्यमिक विद्यालयले दोस्रो विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले आदर्श बालिका माध्यमिक विद्यालयलाई ७२ रनमा पराजित गर्दै उपाधि जितेको हो। सरस्वती गत वर्ष उपविजेता रहेको थियो।

टस जितेर ब्याटिङ थालेको सरस्वतीले १६ ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४३ रन बनाउन सफल भयो। सरस्वतीकी प्लेयर अफ द फाइनल प्रेरणा पासवानले ७२ रन, कृतिसा धामीले १७ रनको बनाए। आदर्शकी कञ्चन राय, सीमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिइन्।

आदर्शले पाएको १ सय ४४ रनको विशाल लक्ष्य पछ्याएउने क्रममा १५ ओभार २ बलमा सबै विकेटको क्षतिमा ६९ रनमै समेटिए। आदर्शका कसैले पनि दोहोरो अंक छुन सकेनन्। सरस्वतीकी कृतिशा धामीले ४ तथा पूर्णिमा राजवंशी र अञ्जली मण्डलले १–१ विकेट लिएका थिए।

प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिशा धामी, उत्कृष्ट ब्याटर आदर्श बालिकाकी शकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव भइन्।

खेलाडीहरुलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठ, क्रिकेट विथआउट बाउन्ड्रीका  सार वेगलगायतले पुरस्कार प्रदान गरे। प्रतियोगितामा विराटनगरका सामुदायिक विद्यालय आदर्श मावि, आदर्श बालिका, महेन्द्र, सरस्वती, सत्यनारायण र मिल्स विद्यालयले सहभागिता जनाएका थिए।

प्रकाशित: २१ फाल्गुन २०८० ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App