१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीलाई बधाईको ओइरो

नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेपछि बधाई दिनेहरूको ओइरो लागेको छ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलोपटक प्रतियोगिता खेलिरहेको नेपाली टोली फाइनलमा उपाधिका लागि भोलि जोर्डनसँग खेल्न लागेको छ। उपाधि जित्नका लागि शुभकामना दिने क्रम पनि जारी छ।  

विभिन्न राजनीतिक दलका प्रमुखसहित सर्वसाधारण र खेल प्रेमीहरूले नेपाली टोलीको आत्मबल बढाउँदै शुभकामना र बधाई दिने क्रम विभिन्न सामाजिक सञ्जालमा देखिएको छ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली महिला टोलीलाई बधाई दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,

‘शुभ बिहानी !  

साउदी अरेबियाको खेल मैदानबाट बिहानै आएको खुसीको खबर !

नेपाल लेबनानलाई पराजित गर्दै वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवी लामिछानेले पनि नेपाली टोलीलाई बधाई दिएका छन्।

उनले लेखेका छन्,  

छोरीहरुको चमत्कार!  

लेवनानलाई २–१ ले पराजित गर्दै वाफ वुमेन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेकोमा नेपाली टिमलाई बधाई। अन्तिम मिनेटको उत्कृष्ट निर्णायक गोलका लागि प्रिति राईलाई झन् बधाई।

फाइनलमा जोर्डनलाई पराजित गरेर उपाधी भित्र्याउने आत्मबल र खेल कौशल झनै बढोस्, शुभकामना।’

प्रकाशित: १६ फाल्गुन २०८० ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App