११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी

दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग प्रतियोगिताको दोस्रो दिन मंगलबार भएका दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्।

मंगलबारको पहिलो खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई पराजित गर्‍यो भने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्‍यो। पहिलो खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई २७ रनले पराजित गर्‍यो । तुलसीपुर रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको दंगाली लायन्सले २० ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा दंगाली लायन्सका लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ३१ रन योगदान दिए भने अर्का ओपनर अंकित बुढा मगरले १६ तथा बिपिन खत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

तुलसीपुर रोयल्सका अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए। इस्माईल अन्सारीले ३ विकेट लिँदा दिवान पुनले २ तथा रुपेश सिंहले १ विकेट लिए। यस अघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको थियो।

तुलसीपुरका लागि ओपनर बिपिन रावलले सर्वाधिक ४२ रन बनाए। अर्का ओपनर बिराट सिंह भण्डारीले ३८ रन बनाए। दंगाली लायन्सको बलिङमा बिपिन खत्री, बसिर अहमद र प्रकाश जैसीले १/१ विकेट लिए।

यसै गरी दोश्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले दिएको ११८ रनको लक्ष्य घोराही टाइगर्सले १९.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि अर्जुन घर्तिले सर्वाधिक ४१ रन योगदान दिए। यस्तै दिपेश कंडेलले १९, दिल्शाद अलिले १५, दिलिप नाथले १० तथा युनिश विक्रम सिंहले ९ रनको योगदान दिए। पुरन्धाराको बलिङमा कृष्ण कार्की, दिपेन्द्र रावत र सुजल ओलीले २/२ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको पुरन्धाराले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो।

पुरन्धाराको लागि राजु रिजालले अर्धशतकीय योगदान दिए। रित गौतमले १६, दिपेन्द्र रावतले १५ तथा प्रनित थापाले १० रन बनाए। घोराही टाइगर्सको बलिङमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए भने मिलन बुढाथोकीले २ तथा युनिश विक्रम सिंह र अर्जुन घर्तिले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबार पनि दुई खेल हुनेछन्। प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्। प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०८० १९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App