१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

क्यानडाविरुद्धको सिरिजमा नेपाल २–१ ले पराजित

क्यानडा र नेपाल ‘ए’ बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २-१ ले जितेको छ।

बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो।

१८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टयो। क्यानडाको जितमा निकोलस किर्तनले नट आउट ५८ रनको योगदान दिए।

त्यस्तै आरोन जोनसनले ४२ र नभनित धाइवालले ३८ रन बनाए। बलिङमा क्यानडाका हर्ष ठाकेर, डिलन हेइलिजर र निकोलस किर्तनले समान २/२ विकेट लिए। 

त्यस्तै कालेम साना र साद जाफरले समान १/१ विकेट हात पारे। नेपालका लागि ब्याटिङमा आशुतोष घिरैया २८, अर्जुन कुमाल २७, बासिर अहमद २५, सन्दीप जोरा, २४, सुजन थपलिया २०, प्रतिश जिसी १९ रनमा आउट भए।

शेर मल्ल र साहब आलमले खाता नै खोल्न सकेनन् भने हेमन्त धामी ६ रनमा आउट भए। यता बलिङमा साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे। त्यस्तै शेर मल्ल र बाहिर अहमदले समान १/१ विकेट लिए।

प्रकाशित: १० फाल्गुन २०८० १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App