१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

अन्तिम अभ्यास खेलमा नेपाल ए र क्यानडा-११ भिड्दै

एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो तथा अन्तिम अभ्यास खेल आज हुँदैछ। आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप भइरहेको तीन खेलको शृङ्खलामा नेपाल ए र क्यानडा–११ ले समान १–१ खेलमा जित हात पारेको छ।

आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने आजको खेल बिहान ९ः३० बजे सुरु हुनेछ।

पहिलो अभ्यास खेलमा नेपाल ए क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ए २ विकेटले विजयी भएको थियो।

प्रकाशित: १० फाल्गुन २०८० ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App