१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आठराई त्रिवेणीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड

ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।

कुल ६६ स्वर्णमध्ये ३५ स्वर्ण जितेको आठराईले १८ रजत र कास्यसहित ५८ पदक जित्यो। दोस्रो बनेको फुङलिङ नगरपालिकाले २१ स्वर्ण, ८ रजत र २ कास्यसहित ३१ पदक हात पार्‍यो। ३ स्वर्ण, ४ रजत र ५ कास्यसहित मैवाखोला गाउँपालिका १२ पदकसहित तृतीय भएको छ।

कुल ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदक गरी एक सय ७० पदकका लागि आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीस्थित महभीर खेल मैदानमा नौ स्थानीय तहका करिब नौ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यसैबीच आगामी वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकामा हुने भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र मावोले खेलकुदको झन्डा वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङलाई हस्तान्तरण गरेका छन्। आगामी वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकामा आयोजना हुने छ।

यस वर्षको जिल्ला राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको संयोजन भने आठराई त्रिवेणी गाउँपालिकाले गरेको थियो। प्रतियोगिता फागुन १ देखि ४ गतेसम्म सञ्चालन भएको थियो।

प्रकाशित: ५ फाल्गुन २०८० ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App