सीजीहोल्डिङ्सको अटोमोटिभडिभिजनतथा नेपालकालागि सुजुकीगाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामीमाघ २५ देखि २७ गते, २०८२ सम्म देशव्यापी “विन्टर फ्री सर्भिस क्याम्प”आयोजना गर्ने भएको छ।
जाडो मौसमले सवारी साधनमानदेखिने खालका समस्याहरू निम्त्याउन सक्छ। चिसोको समयमापनिगाडीको कार्यक्षमता दुरुस्त राख्नकम्पनीले आफ्नाग्राहकहरूलाई सवारी जाँच गराउन सुझावदिएको छ। यस क्याम्पको मुख्यउद्देश्यचिसो मौसमले गाडीमापार्ने प्रभावबारे ग्राहकहरूलाई सचेत गराउनु र उत्कृष्ट सेवाप्रदान गर्नु हो।
यस क्याम्पअन्तर्गत सुजुकीकाग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत सम्भारमा विशेष छुट र चिसो मौसममागाडीलाई सुरक्षित राख्ने सम्बन्धमाविशेषज्ञको सल्लाहप्राप्त गर्नेछन्। कम्पनीले सबै सुजुकीधनीहरूलाई यस अवसरको फाइदाउठाई आफ्नो सवारी साधनलाई सधैं राम्रो अवस्थामा राख्नप्रोत्साहन गरेको छ।
सर्भिस क्याम्पका दौरानग्राहकहरूले विभिन्न छुट र अफरहरूका साथै आकर्षक उपहारको अवसर पनिपाउनेछन्। सहभागीग्राहकहरूमध्ये ८ भाग्यशाली जोडीले नगरकोटस्थितभङ्गेरी दरबार रिसोर्टमा ’स्टेकेसन प्याकेज’ (Staycation Package) प्राप्त गर्नेछन्।
सर्भिस क्याम्पकामुख्य सुविधाहरूः
- निःशुल्कएसी (AC) र हिटर जाँच
- ब्याट्रीको निःशुल्कजाँच
- निःशुल्कएसडीटी (SDT) जाँच
- सम्पूर्ण गाडीको वृहत् निरीक्षण(Overall check–up)
- लेबर चार्जमा २० प्रतिशत सम्म छुट
- स्पेयर पाट्र्स र इन्जिनआयलमा १० प्रतिशत सम्म छुट
यो ’विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा सञ्चालनहुनेछ। देशभर ५४ वटा सर्भिस आउटलेट भएको सुजुकी नेपालकै सबैभन्दाठूलो सर्भिस नेटवर्क भएको ब्रान्डहो।

प्रकाशित: २३ माघ २०८२ १५:३६ शुक्रबार





