१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालले १९.५ ओभरमा ११३ रन बनायो, ५ विकेट डाउन

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाविरुद्घको खेलमा नेपालले १९.५ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाएको छ।

कविता कुँवर, सिता मगर, इन्दु बर्मा, रुबिना क्षेत्री र कविता जोशी आउट भएका छन् भने डोली भट्ट २ छक्का र १ चौकासहित १३ बलमा २३ रन बनाएर खेलिरहेकी छिन्। उनलाई काजल श्रेष्ठले साथ दिइरहेकी छिन् ।

मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन्। 

आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। 

नेपालले क्वार्टर फाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान आठ÷आठ विकेटले पराजित गरेको थियो । मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। 

मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो ।

मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो ।

प्रकाशित: ४ फाल्गुन २०८० १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App