२ असार २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध भीम सार्कीको पनि शतक, नेपाल जित नजिक

क्यानडाविरुद्ध जारी तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई) क्रिकेटमा नेपाली मध्यक्रमका ब्याटर भीम सार्कीले पनि शतक प्रहार गरेका छन्। उनको २१ म्याचको ओडिआई क्रिकेट करिअरको यो पहिलो शतक हो। यसअघि उनले जिम्बावेको हरारेमा अमेरिकासँग बनाएको ७७ रन उच्च स्कोर थियो।

आज शतक प्रहार गर्ने क्रममा भीमले १२७ बल खेलेका छन्। जसमा ११ चौका र एक छक्का प्रहार गरेका छन्। 

भीमसँगै तेस्रो विकेटका लागि १८२ (रेकर्ड) साझेदारी पूरा गरिसकेका ओपनर अनिलकुमार साहले केही समय अगाडि शतक बनाइकेका छन्। उनी  १०६ रनमा खेलिरहेका छन्।

२३३ रन पछ्याएको नेपाल सहज जित नजिक छ। यो जितसँगै नेपालले तीन खेलको क्यानडाविरुद्धको सिरिज ‘क्लिनस्वीप’ गर्नेछ। यसअघि भएका दुई खेल नेपालले सहजै जितिसकेको छ।

प्रकाशित: २९ माघ २०८० १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App