१ पुस २०८१ सोमबार
image/svg+xml
खेल

भुटानविरुद्ध नेपालको सङ्घर्षपूर्ण जित

तस्बिर: क्यान

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ।

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि १–० गोलको जित निकालेको हो। यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ।

नेपालको जितमा सेनु परियारले गोल गरिन्। उनले खेलको ५४ औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो।

यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो। यता भुटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

नेपाल, बङ्गलादेश, भुटान र भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ।

प्रकाशित: २१ माघ २०८० १८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App