६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मुनमुन कुन्डुलाई स्वर्ण

होप्स टेबल टेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन्।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मुनमुनले लान्फाङ टेबल टेनिस एकेडेमी, चीनकी याङ याङ जियलाई ११–८, ११–८ र १३–११ को सोझो सेटमा पराजित गरिन्। पुरुष सिंगल्समा होप्सका वंश सिन्गलले होप्सकै कृष्ण थापा मगरसँग फाइनल भेट पक्का गरे।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ ब्वाइज सिंगल्स फाइनलमा धरान टिस्टा टोर्सा टेबल टेनिस एकेडेमीका श्रीयाज वर्दान सिंहले आफ्नै एकेडेमीका प्रयास साहलाई ११–५, ११–३, ९–११ र ११–२ को सेटमा हराउँदै पहिलो भए। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: २० माघ २०८० ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App