आइसिसी यू-१९ विश्वकप अन्तर्गत सुपर-६ को पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ।
दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा बङ्गलादेशले नेपाललाई पाँच विकेटले पराजित गरेको हो। नेपालले दिएको १७० रनको लक्ष्य बङ्गलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमा पूरा गर्यो।
नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन्। यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो।
बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे। अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे। जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए। उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए। नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए।
नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए। उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए। यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए।
बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे। क्वाल इमोन र मारुफ मृदले समान एक/एक विकेट लिए।
अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ।
प्रकाशित: १७ माघ २०८० १४:०५ बुधबार