२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

यू–१९ विश्वकप: सुपर सिक्समा नेपालका प्रतिस्पर्धी भारत र बङ्गलादेश

नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा स्थान सुरक्षित गरेको छ। शुक्रवार समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको हो।

सुपर सिक्समा पुगेको नेपालले अब दुई खेल खेल्ने छ। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा बङ्गलादेश र दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र बङ्गलादेशबीचको खेल जनवरी ३१ मा अर्थात् माघ १७ गते बुधवार हुनेछ। माङ्गाउङ ओभलमा हुने यी दुई देशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ। यस्तै भारतसँगको खेल फेब्रुअरी २ मा खेलिने छ। माङ्गाउङ ओभलमा हुने भारतसँगको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।

देव खनालको कप्तानीमा रहेको नेपाली १९ वर्ष मुनिको टिमले खेल क्षेत्रमा आशा जगाएको छ। अफगानिस्तानसँगको खेलमा १ विकेटले जित हात पार्दै नेपालले आफ्नो सुपर सिक्सको यात्रा तय गरेको हो। रोमाञ्जक मोडमा पुगेको नेपाल र अफगानिस्तान दुबैका लागि शुक्रवारको खेल महत्त्वपूर्ण थियो।

समूह चरणको खेलमा दुबै टोलीमध्ये कसैले जित हात पार्न सकेको थिएन। त्यसकारण शुक्रवारको म्याच जित्नै पर्ने दबाबका साथ मैदान उत्रेको नेपालले आफ्नो जित सुनिश्चित गर्दै आगामी यात्रा तय गर्न सफल भयो। अब सुपर सिक्स नेपालका लागि सहज भने हुने छैन।  

प्रकाशित: १४ माघ २०८० ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App