१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

यू–१९ विश्वकप : न्युजिल्याण्डविरुद्ध अर्जुन कुमालले अर्धसतक बनाए

यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध नेपालका व्याटर अर्जुन कुमालले अर्धसतक बनाएका छन।अर्जुन कुमालले ७४ बलमा ६ चौकासंगै अर्धसतक बनाएका हुन।नेपालका सुरुवाती व्याटर दिपक बोहरा ३ बलको सामना गर्दै ० रनमा आउट भए । कप्तान  देव खनालले ३४ बलमा ५ चौका र १ छक्कासंगै ३६ रन बनाए । गुल्सन झा र आकाश त्रिपाठी  जम्मा २ रन बनाएर आउट भए । उतम थापा मगर ० रनमा आउट भए । अहिले अर्जुन कुमाल  ५९ तथा दिपक बोहरा १५ रन बनाएर क्रिजमा छन । ताजास्थीतीमा नेपालले २८ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाएको छ।  

यस अघि न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७  रन बनाए।

नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।  

प्रकाशित: ७ माघ २०८० १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App