२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

को को छन् नेपाली १९ वर्ष मुनिको टोलीमा ?

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले पहिले बलिङ्ग गर्दैछ। दक्षिण अफ्रिकाको बुफेलो पार्कमा अबको केहीबेरमा सुरु हुने खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्यूजिल्यान्डसँग हारेको छैन। दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ। त्यसकारण आजको खेलमा पनि नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ।

२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो। सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्यूजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ।

नेपाली टोलीमा देव खनाल कप्तान छन् भने अन्य खेलाडीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल (विकेटकिपर), विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द रहेका छन्।

प्रकाशित: ७ माघ २०८० ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App