३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले क्यानडा र अमेरिका जोड्ने पुलको उद्घाटन रोक्ने धम्की किन दिए?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने पुलको उद्घाटन हुन नदिने धम्की दिएका छन्। ट्रम्पले भनेका छन्, क्यानडालाई दिइएका सबै प्रकारका योगदानको बदलामा अमेरिकाले पूरा क्षतिपूर्ति नपाएसम्म यो पुलको उद्घाटन हुन दिने छैनन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्यानडाको ओन्टारियोलाई अमेरिकाको मिशिगनसँग जोड्ने गोरडी होवे अन्तर्राष्ट्रिय पुल तबसम्म खुल्ने छैन, जबसम्म क्यानडाले अमेरिकासँग निष्पक्ष व्यवहार गर्दैन।’

परियोजनाको वेबसाइटका अनुसार, पुल निर्माणका लागि आवश्यक सम्पूर्ण खर्च क्यानडाले व्यहोरेको हो। तर पुलको स्वामित्व क्यानडा र मिशिगन राज्य दुवैको हुनेछ।

मिशिगनकी डेमोक्रेट सिनेटर एलिसा स्लाटकिनले भनिन्, ‘यो परियोजना रोकिए राज्यको अर्थतन्त्रका लागि निकै हानिकारक हुनेछ।’यद्यपि, राष्ट्रपति ट्रम्पले कसरी यो पुलको उद्घाटन रोक्न सक्छन् भन्ने विषयमा अहिलेसम्म स्पष्ट छैन।  

परीक्षण पूरा भएपछि यो पुल यसै वर्षको सुरुमै सञ्चालनमा ल्याउने योजना थियो। यस पुलको निर्माण कार्य सन् २०१८ मा सुरु भएको हो। एजेन्सी

प्रकाशित: २८ माघ २०८२ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App