३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आइसीसी १९ वर्ष मुनिको विश्वकप: न्यूजिल्यान्डविरुद्ध पहिले बलिङ्ग गर्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले पहिले बलिङ्ग गर्ने भएको छ। दक्षिण अफ्रिकाको बुफेलो पार्कमा अबको केहीबेरमा सुरु हुने खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

नेपाल र न्यूजिल्यान्डबीचको खेल नेपाली समय अनुसार अहिले केहिबेरमा सुरु हुँदैछ।

नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्यूजिल्यान्डसँग हारेको छैन। दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ। त्यसकारण आजको खेलमा पनि नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ।

२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो। सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्यूजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ।

प्रकाशित: ७ माघ २०८० ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App