धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादव निधन भएको छ। ६० वर्षीय मेयर यादवको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।
चार दिनअघि मस्तिष्कघात भएपछि उनलाई जनकपुरको न्यूरो हस्पिटलमा भर्ना गरिएका थियो। त्यहाँ शल्यक्रिया गरेपछि उनलाई थप उपचारका लागि काठमाडौं पुर्याइएका थियो।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा यादव नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा निर्वाचित भएका थिए।
प्रकाशित: २६ माघ २०८२ २०:५३ सोमबार





