२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय भलिवल प्रतियोगीता: सुदूरपश्चिम र बागमती सेमिफाइनल होडबाट बाहिरिए

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिवल प्रतियोगीतामा सुदूरपश्चिम र बागमती प्रदेश सेमिफाइनल रेसबाट बाहिरिएका छन्। सुदूरपश्चिम र बागमती लगातार तीन खेल हेर्दा जारी प्रतियोगीताको सेमिफाइल प्रवेश रेसबाट बाहिरिएका हुन्।

आइतबारको तेस्रो खेलमा सुदूरपश्चिम विभागीय टोली त्रिभूवन आर्मी क्लवसँग पराजित भयो। त्रिभूवन आर्मीले सुदूरपश्चिमलाई तीन–एकको सेटमा हरायो। पहिलो सेट २५–१५ ले जितेको आर्मीले दोस्रो सेट २१–२५ गुमाउन पुग्यो। तेस्रो सेट २५–१४ ले जितेर खेलमा फर्किएको आर्मीले चौथो सेट २५–१८ ले जित्यो । यो आर्मीको लगातार दोस्रो जित हो।

यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लवसँग आफ्नो तेस्रो खेलमा पराजित भएसँगै बागमती प्रदेश पनि सेमिफाइनलको रेसबाट बाहिरिएको छ। पुलिसले बागमतीलाई पहिलो सेटमा २५–१०, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१७ को सोझो अन्तरमा हरायो। सुदूरपश्चिम र बागमतीसँगै समान तीन खेल खेलेका लुम्बिनी र मधेश प्रदेशको समान दुई अंक छ।

तीन विभागीय टोली र गण्डकी प्रदेशले लगातार दोस्रो जित दर्ता गरेका छन्। समूह ‘बी’मा रहेको त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो। आइतबारनै साविक विजेता एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हरायो । समूह ‘ए’मा रहेको एपीएफले पहिलो सेट २५–२२ ले जिते पनि कडा चुनौति दिएको लुम्विनीले दोस्रो सेट भने २५–२३ ले आफ्नो पक्षमा पा¥यो। त्यसपछि लयमा फर्किएको एपीएफले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१५ जित्दै आफ्नो खातामा तीन अंक थप्न सफल भयो।

यस्तै गण्डकी प्रदेशले मधेश प्रदेशलाई २५–११, २५–१९, र २५–१३ सोझो सेटमा हरायो। समान दुई खेल खेलेका आर्मी, एपिएफ, पुलिस र गण्डकी शत प्रतिशत नतिजासहित ६ अंक जोड्न सफल भएका छन्।  

चौथो दिन चार खेल

प्रतियोगीता अन्तर्गत सोमबार पनि चार वटा खेल हुने भएका छन्। विहान साढे आठ बजे हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच भिडन्त हुनेछ।

साढे दश बजे हुने दोस्रो खेलमा घरेलु टोली कर्णाली प्रदेशले र सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। दुई खेलमा एक जित र हार व्यहोरेको कर्णाली दोस्रो जित दर्ता गर्ने योजनामा हुनेछ।

लगातार दुई खेल गुमाएको सुदूरपश्चिम पहिलो जितको खोजीमा हुनेछ। साढे १२ बजे हुने तेस्रो खेलमा दुई विभागीय टोलीबीच भिडन्त हुनेछ। साविक विजेता एपीएफ र नेपाल पुलिस क्लब जितका लागि भिड्नेछ भने चौथो खेलमा अहिलेसम्म शतप्रतिशत नतिजा निकालेका नेपाल आर्मी क्लव र गण्डकी प्रदेश आमने–सामने हुनेछन्।

प्रकाशित: २२ पुस २०८० १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App