७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय खुल्ला पौडीमा अजल काजी बनाए किर्तिमान

स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्।

अजलले ५० मिटर बटरफ्लाईको हिट चरणमा सैयद हम्जा शाहले छोटो दुरी ९२५ मिटर पुल०मा नेपालमा आयोजना भएको १३ औं सागमा कायम गरेको २६.५६ सेकेन्डको समयलाई विस्थापित गर्दै २५.७७ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरेका हुन्। प्रतियोगिता २५ मिटर बातानुकुलित पौडी पोखरीमा संचालन भएको हो।

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाईनलमा भने अजलले २५.९२ सेकेन्ड समयका साथ स्वर्ण जिते। स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङ्गले रजत र इरभिन श्रेष्ठले कास्य हात पारे।

सातदोवाटोस्थित बातानुकुलित पौडी पोखरीमा भएको प्रतियोगिताको महिला २०० मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कास्य पाईन्।

पुरुषको १०० मिटर बटरप्mलाईमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ००।५३ सेकेन्ड समयका साथ स्वर्ण हात पारे। अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कास्य पाए।

महिला ५० मिटर बे्रष्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पाईन्।

पुरुषको १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड समयका साथ दुरी पुरा गर्दै स्वर्ण जिते। इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए।

महिला १०० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्ड समयका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कास्य पाए।

महिला १०० मिटर ब्रेष्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २०.१४ सेकेन्ड समयका साथ स्वर्ण पाईन्। निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कास्य पाए।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्ड समयका साथ स्वर्ण जिते। निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कास्य पाए।

५० मिटर फ्रिस्टायलको महिला तर्फको प्रतिस्पर्धामा टिसा महर्जनले २९.४५ सेकेन्ड समयका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कास्य पाए।५१ पदकका लागि १४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: ११ पुस २०८० १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App