१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बिएनए र एचएचसिएलाई सफलता

फाइल तस्वीर

वसुन्धरा नेसनल एकेडेमी (बिएनए) र एचएचसिएले १५औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सोमबार सफलता पाएका छन् ।

हात्तीगौंडास्थित आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा जारी प्रतियोगितामा बिएनएले हिमरश्मिलाई १२–३ ले पराजित गर्‍यो। बिएनएकी स्मृति खत्रीले ७ अंक जोडिन्। एचएचसिएले हिमालयलाई ३६–६ ले सहजै हरायो। एचएचसिएकी सोरा घलेले ९ स्कोर गरिन्।

सिनियर गर्ल्समै भ्याली पब्लिकले स्किब्सलाई २६–१० तथा मञ्जरीले ग्रिनल्यान्डलाई १९–१८ ले पाखा लगाए। भ्याली पब्लिककी लोरिशा गौचन तथा मञ्जरीकी न्यादिरा गुरुङले समान ८/८ अंक बटुले।

सिनियर ब्वाइजमा विल्सन एकेडेमीले मञ्जरीलाई ३९–१३, निम्सले काठमाडौं भ्यालीलाई ४१–३८, ग्रिनल्यान्डले नेसनल युनाइटेडलाई ३९–२५ र भ्याली पब्लिकले एचएचसिएलाई ५४–३१ ले पन्छाए।

विल्सनका अनुप मगरले १०, निम्सका फुर्वा तामाङले १७, ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ र भ्याली पब्लिकका सुनील पौडेलले २८ अंक जोडे ।

प्रकाशित: १० पुस २०८० ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App