१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग :काठमाडौको हारले अन्य पाँच टोलीको प्लेअफमा सम्भावना जीवितै

विलियम ओपोकुले ह्याट्रिक पूरा गरेपछि पुछारको टोली वीरगन्ज युनाइटेडले आज बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि नाटकीय जित निकाल्दै जारी नेपाल सुपर लिग(एनएसएल) को प्लेअफ सम्भावना पुर्नजीवित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्सले वीरगन्ज युनाइटेडलाई ४–१ को नतिजा सुम्पिएसँगै जारी एनएसएलमा प्लेअफ होडमा रोमाञ्चक बनेको छ । जितले काठमाडौं रेजर्सलाई शीर्ष स्थानकै दाबेदार उभ्याउँदा वीरगन्जको भने प्लेअफ सम्भावना पुर्नजीवित गर्थ्यो । खेलमा सुरुआती गोल गर्दै काठमाडौंले डिफेन्डिङ च्याम्पियनको शैली देखाउन संकेत ग¥यो । तर, त्यसपछि पेनाल्टी अवसर खेर फालेको काठमाडौं रेजर्सले लगातार चार गोल सामना गरेपछि अप्रत्याशित हार सामना गर्नुप¥यो । 

दुई हारबाट डेब्यु सिजनको सुरुआत गरेको वीरगन्जको यो जितपछि प्लेअफ होडमा धेरै टोलीको सम्भावना ब्युँतिएको छ । शीर्ष स्थानको पोखरा थन्डर्सले १४ अंकसहित एक खेल अगावै प्लेअफ स्थान सुरक्षित गरिसकेको छ । त्यसबाहेक समान एक खेल बाँकी छँदा दोस्रो स्थानको धनगढी (१२ अंक), तेस्रो स्थानको ललितपुर सिटी (१०अंक), चौथो स्थानको झापा एफसी (१० अंक) सँगै अप्रत्याशित रूपमा वीरगंजले प्लेअफ सम्भावना पुर्नजीवित गरेको हो । समान खेलबाट काठमाडौं रेजर्स ९ अंकसहित पाँचौँ स्थान र यो नतिजापछि आठ अंकसहित छैटौं स्थानमा उक्लिएको वीरगन्जको आठ अंक छ ।

अब लिगका चार खेलले मात्र बाँकी तीन टोलीको प्लेअफ समीकरण बन्नेछ । शुक्रवार झापाले चितवन एफसी र धनगढीले शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्नेछ । शनिबार बुटवल लुम्बिनीले वीरगन्ज युनाइटेड तथा काठमाडौं रेजर्सले ललितपुर सिटीको सामना गर्नेछ । झापा र धनगढीले जित निकाले दुवै टोली प्लेअफमा पुग्नेछ । धनगढी र झापाको हारले भने काठमाडौं र वीरगन्जको बाटो खुला हुनेछ । तर, त्यसका लागि दुवैले शनिबार जित निकाल्नु पर्नेछ । अग्रतासँगै पेनाल्टी अवसर पनि जोगाउन नसक्दा काठमाडौं रेजर्सको लगातार दोस्रो सिजन प्लेअफमा दाबेदारी कमजोर बनेको छ ।

वीरगन्जका ओपोकुले ह्याट्रिक पूरा गर्दा सब्सिच्युट खेलाडी सुनील खड्काले एक गोल गरे । एनकेङ्ग्यु जुनियरको गोलबाट काठमाडौं रेजर्सले अग्रता लिएको थियो । काठमाडौं रेजर्सले पेनाल्टी अवसर पनि जोगाउन नसक्दा २–० को अग्रता बनाउने अवसर गुमाउन पुग्यो । त्यसपछि लगातार चार गोल बेहोर्दै प्लेअफ होडमा बलियो देखिएको काठमाडौं रेजर्स नतिजा सुम्पिन बाध्य भयो । काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले रेफ्रीले विवादास्पदक पेनाल्टी गोल दिँदै हारको टर्निङ पोइन्ट बनेको बताए । 

‘रेफ्रीले दिएको विवादास्पद पेनाल्टीले टर्निङ प्वाइन्ट रह्यो । गोल निस्किएपछि नेपाली र विदेशी खेलाडीहरू स्वार्थी पनि देखिए । सबै व्यक्तिगत प्रदर्शनमा ध्यान दिए,’प्रशिक्षक महर्जनले भने, ‘मेरो प्रशिक्षण करियरकै सबैभन्दा खराब प्रदर्शनका रूपमा लिएको छु । ललितपुर सिटीसँग ‘डु अर डाई’ हुनेछ ।’ यता, वीरगन्ज युनाइटेडका प्रशिक्षक सनोज श्रेष्ठले भने आफ्ना गोलकिपर दीप कार्कीले पेनाल्टी अवसर रोक्नु नै जितको आधार बनेको बताए । ‘एक गोलले पछि पर्दा पनि खेलाडीले राम्रो प्रदर्शन गरे । दीपले पेनाल्टी रोक्नु नै खेलको टर्निङ प्वोइन्ट रह्यो,’सनोजले भने, ‘जित्ने लक्ष्यका साथ आएका थियौं र सफल पनि भयौं । तर, यो गोलअन्तरको आशा चाहिँ थिएन । अब अन्तिम खेलमा ध्यान दिनेछौं ।’ 

ओपोकुले जारी दोस्रो सिजनको पहिलो ह्याट्रिक गर्दा वीरगंजले नाटकीय जित निकाल्यो । समग्रमा एनएसएलको यो दोस्रो ह्याट्रिक हो । गत सिजन मेसौके ओलोमोउले ह्याट्रिक गरेका थिए । ओपोकुले ह्याट्रिकसँगै जारी सिजन पाँचौँ गोल पूरा गर्दै सर्वाधिक गोलकर्ता पनि बने । त्यसअघि खेलको दोस्रो मिनेटमा नै काठमाडौंले अवसर बनाए पनि सफल हुन सकेन । तोजिडिनोभ कोमिवनले पेनाल्टी बक्स बाहिरबाट गरेको सट आकासियो । काठमाडौंले २१औं मिनेटमा एनकेङ्ग्यु जुनियरले गोल गर्दै अग्रता दिलाए । काठमाडौंले काउन्टर प्रयासमा गोल गरेको हो ।

वीरगन्जको कर्नर बल नियन्त्रण लिँदै काठमाडौंका गोलकिपर एन्जल श्रेष्ठले दिएको पासमा काठमाडौंले पाँच वटा पास खेल्दै गोल ग¥यो । पेनाल्टी बक्समा हिसुब थपलियाले दिएको बल वीरगन्जका तेज तामाङको खुट्टामा ठोकिन पुग्यो । सोही बल नियन्त्रणमा लिँदै एनकेङ्ग्युले गोल गरेका हुन् । यससँगै उनले जारी सिजन तेस्रो गोल पूरा गरे । काठमाडौंले ३९औं मिनेटमा पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर बनाउने अवसर गुमाउन पुग्यो । वीरगन्जका दीपेन्क सिंह ठकुरीले पेनाल्टी बक्समा हिसुब थपलियालाई लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पायो ।

तर, काठमाडौंका सोखरुखको पेनाल्टी वीरगन्जका गोलकिपर तथा कप्तान दीपले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई थप संकटबाट जोगाए । पहिलो हाफको थप समयमा वीरगन्ज भने पेनाल्टी अवसर सदुपयोग गर्दै १–१ को बराबरीमा फर्कियो । सुशील लामाको सट काठमाडौं रेजर्सका आन्द्रेस नियाको ह्यान्ड भएपछि वीरगंजले पेनाल्टी पायो । सो अवसरमा ओपोकुले गोल गर्दै वीरगंजलाई खेलमा फर्काए । त्यससँगै पहिलो हाफ बराबरीमा सकियो । दोस्रो हाफको सुरुमा वीरगन्जले सुनील खड्काको गोलबाट अग्रता लियो ।

दोस्रो हाफमा नै प्रवेश गरेका सुनीलले ओपोकुले काठमाडौंका डिफेन्डर किङ्ग्यु ओलिभरलाई बिट गर्दै दिएको बललाई वान टच गोल गरेका हुन् । काठमाडौं रेजर्सका सोखरुखले ५४औं मिनेटमा गरेको फ्रिकिकमा वीरगन्जका गोलकिपर दीप बाधक बने ।  वीरगन्जका सुनिलले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पायो । सो अवसरमा सोखरुखको सट दीपले पन्च गर्दै बाहिर पठाइदिए । तर, पाँच मिनेटको अन्तरमा काठमाडौं रेजर्सले दुई गोल बेहोर्दा वीरगन्ज पूर्ण हाबी भयो । ५६औ मिनेटमा वीरगंजले ओपोकुको हेडरबाट अग्रता ३–१ ले अगाडि बढायो । 

सुशील लामाको कर्नर बललाई उनले उत्कृष्ट हेडर गर्दै गोल गरे । वीरगंजले ५८औं मिनेटमा काउन्टर अट्याकबाट चौथो गोल गर्दै सनसनी मच्चायो । ओपोकुले नै करिब ३५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे । सुशीलले नै आफ्नै पेनाल्टी बक्सबाट दिएको पास नियन्त्रणमा लिँदै ओपोकुले काठमाडौं रेजर्सका गोलकिपर एन्जल अगाडि बढेको अवस्था खाली पोस्टमा गोल गरेका हुन् । त्यसपछि थप गोल नहुँदा वीरगंजले काठमाडौं रेजर्समाथि ४–१ को नतिजा निकाल्यो । 


 

प्रकाशित: ५ पुस २०८० १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App