२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः इलामले ललितपुरलाई हरायो

नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो।

प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो।यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। ७ खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ।यस जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ।  

प्रकाशित: ३ पुस २०८० १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App