२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको  माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो  माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।  

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनाका साथै ३ न. वडा कार्यालय घाचोकको समन्वय र भलिबल संघ  माछापुच्छ्रेको व्यवस्थापनमा  माछापुच्छे–३, घाचोक मेघराज माविको प्राङ्गणमा सञ्चालन हुनेछ। युवाहरूलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताइन्।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको छ। गण्डकी प्रदेशका अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट सहभािगता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपीकष्ृण अर्यालले बताए। प्रथम हुने टोलीले नगद ३ लाख र दोस्रो हुनेले नगद रु २ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छे« भलिबल संघका अध्यक्ष राम पुनले जानकारी दिए।

सेमिफाइनलमा उपविजेता (२ टिम ) ले रु ५०/५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विधागततर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७/७ हजार प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ।टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैयाँ रहेको छ।पुस २३ गते दिनको ठीक ४ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने साथै पुस २५ गते खेलतालिका सार्वजनिक गरिने आयोजकले बताएको छ।

 

प्रकाशित: ३० मंसिर २०८० ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App