१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः दोस्रो स्थानको धनगढी र चितवन भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

चार खेल खेलेको धनगढीले २ मा जित र २ बराबरी गर्दै ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित हात पार्दै धनगढी शिर्ष स्थानमा उक्लन चाहन्छ। साथै प्ले अफमा पुग्ने आफ्नो सम्भावना पनि बलियो बनाउन चाहन्छ।

धनगढीभन्दा एक खेल बढी खेलेको चितवन तालिकाको पुछारबाट तेस्रो स्थानमा छ। चितवनले १ मा जित २ मा पराजय र २ बराबरी गरेर पाँच अङ्क जोडेको छ। चितवन पनि आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ।

प्रकाशित: २८ मंसिर २०८० ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App