२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो टि२० आईमा भारत दक्षिण अफ्रिकासँग पराजित

तीन खेलको टि२० आई सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ।दक्षिण अफ्रिकाको भ्रमण रहेको भारतले दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकासँग डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले पराजित भएको हो। 

 यो सँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १ -० को अग्रता लिएको छ।पहिलो खेल वर्षाको कारण रद्द भएको थियो।तेस्रो तथा अन्तिम खेल भोलि बिहीबार दक्षिण अफ्रिकाको जोहानेशवर्गमा हुनेछ। 

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३दशमलब ५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। दक्षिण अफ्रिकाको लागि  रिजा हेन्डिक्सले सर्वाधिक ४९ रन बनाए।कप्तान एडेन माक्ररमले ३० र डेविड मिलर १७ रन बनाए। भारतका मुकेश कुमारले दुई, कुलदीप यादव र मोहम्मद शिराजले एक एक  विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो गरेको भारतले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो।भारतका रिंकु सिंहले सर्वाधिक ६८ रन बनाए कप्तान सूर्यकुमार यादवले ५६ तथा तिलक बर्माले २९ रन बनाए।

दक्षिण अफ्रिकाका लागि  जेराल्ड कोट्जीले ३ विकेट लिए। त्यसैगरी मार्को यानसन, लिजाड विलियम्स, तबरेज शाम्शी र एडेन माक्ररमले एक एक विकेट लिए। यस पछि भारत र दक्षिण अफ्रिकाबिच तीन एक दिवसीय र दुई टेस्ट खेल हुनेछ। 

प्रकाशित: २७ मंसिर २०८० ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App