७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

यू–१९ एसिया कपः नेपालद्वारा भारतसमक्ष जम्मा ५३ रनको लक्ष्य प्रस्तुत

यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्दै भारतसमक्ष ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईस्थित आइसीसीए क्रिकेट ग्राउन्ड २ मा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको नेपालले खराब प्रदर्शन गर्दै ५२ रन बनायो।

जारी प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपालले आफ्नो तेस्रो खेलमा पनि कमजोर प्रदर्शन गर्दै निर्धारित ५० ओभरमध्ये २२ दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर रन बनायो।

नेपालका कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। नेपालका ओपरन ब्याट्सम्यान दिपक बोहरा १ रनमै आउट भए भने अर्जुन कुमाल ७ रनमा आउट भए। उत्तम मगर शून्य रनमा आउट हुँदा देव खनालले २ रन मात्रै बनाउन सके।  

यस्तै अलराउन्डर गुलशन झाले ४ रन बनाउँदा दिपक डुम्रे शून्यमा आउट भए। दीपक बोहरा ७, दिपेश कँडेल ४, सुवास भण्डारी २, हेमन्त धामी ८ रनमा आउट भए भने आकाश चन्द ४ रनमा नट आउट रहे।  

भारतका लागि राज लिम्बानीले सर्वाधिक ७ विकेट लिए भने आराध्य शुक्लाले २ अनि आर्सिन कलकर्नीले १ विकेट लिए।

प्रकाशित: २६ मंसिर २०८० ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App