७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रीतिमा अन्तिम आठमा

प्रीतिमा १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मूलपानीमा भइरहेको प्रतियोगितामा सोमबार प्रीतिमाले कस्मिक इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित गर्‍यो। साइमन खवासले निर्णायक गोल गरे। स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र गेटवे एकेडेमी पनि क्वार्टरफाइनलमा पुगे। हाइलीले कोटदेवीलाई ३-१ गोलले पराजित गर्‍यो।

हाइलीका ‘म्यान अफ दी म्याच’ कृष्ण कार्कीले २ तथा रोनित लामिछानेले १ गोल गरे। कोटदेवीका विश्व लामाले १ गोल फर्काए।

गेटवेले प्रारम्भमाथि ४-१ को सहज जित दर्ता गर्‍यो। गेटवेका प्रदीप खत्रीले २ तथा लक्ष्मण उप्रेती र ‘म्यान अफ दी म्याच’ दर्शन केसीले १/१ गोल गरे। प्रारम्भका सुरज दनुवारले सान्त्वना गोल गरे।

प्रकाशित: २६ मंसिर २०८० ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App