१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: ललितपुरद्वारा चितवन पराजित

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा  ललितपुर सिटी एफसीले एफसी चितवनलाई ३ -१ गोलले पराजित गरेको हो। ललितपुरको जितमा पापा केबेले २ र विवेक पौडेलले १ गोल गरे।चितवनका लागि रफिक अमिनुले एक गोल फर्काएका हुन।

जितपछि ५ खेलमा  २ मा जित र ३ खेल बराबरी खेल्दै ९ अङ्क जोडेर ललितपुर सिटी एफसी तालिकाको  पहिलो स्थानमा उक्लेको छ।

यस्तै ५ खेलमा  एक जित, २ खेलमा पराजित र २ खेलमा बराबरी रहँदै ५अङ्क जोडेर एफसी चितवन पाँचौ स्थानमा यथावत् रहेको छ। 

प्रकाशित: २४ मंसिर २०८० १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App