७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सुपर लिग :आज दुई खेल हुने

नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।  

दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ इलाम एफसीबिच हुनेछ ।अहिलेसम्म तीन खेल खेलेको धनगढी दुई जित र एक बराबरी गर्दै ७ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।इलाम चार खेलमा एक जित र तीन हारसहित तीन अंक पाएर तालिकाको सातौ स्थानमा रहेको छ।

साँझ ५ बजे  काठमाडौं रेजर्स र बुटवल लुम्बिनी एफसीबिच प्रतिस्पर्धा हुनेछ।३ खेल पछि काठमाडौं रेजर्स १ जीत २ बराबरीसंगै ५ अंक पाएर तालिकाको चौथो स्थानमा रहेको छ। त्यसैगरी बुटवल लुम्बिनी एफसीले ३ खेलमा तीनवटै बराबरीका साथ ३ अंक पाएर छैठौ स्थानमा रहेको छ।  

प्रकाशित: २३ मंसिर २०८० ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App