३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

एकायन कराते शनिबार

 नुवाकोटको बेलकोटगढीमा प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता शनिबार हुने भएको छ।

नेपाल एकायन कराते संघ बेलकोटगढी पाखुरे शाखाको आयोजनामा एकदिने प्रतियोगिता हुन लागेको हो। सो प्रतियोगिताका खेलहरू बेलकोटगढी पाखुरेस्थित पञ्चकन्या आधारभूत विद्यालयमा खेलाइनेछ।

बाग्मती प्रदेशका १३ वटा जिल्लाका महिला र पुरुष गरी ९७ जना खेलाडीले कुल १० तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आयोजना गर्न बेलकोटगढी शाखा प्रमुख समसेर लामाको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति र आठ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

यस क्षेत्रमा खेलकुदको विकास तथा प्रवर्धन गर्नका लागि पनि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।यो प्रतियोगितालाई आगामी दिनमा परिस्कृत गरिँदै लैजाने शाखा प्रमुख लामाले जानकारी दिए।  

प्रकाशित: २३ मंसिर २०८० ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App