११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः ललितपुरलाई वीरगञ्जले बराबरीमा रोक्यो

नेपाल सुपर लिग अन्तर्गत  ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ।  

दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा दुवै टोलीबाट दुई दुई गोल भई खेल बराबरीमा सकिएको हो।  

यो बराबरी पछि नवप्रवेशी  वीरगञ्ज युनाइटेड पहिलो अंक जोड्न सफल भएको छ।  

ललितपुरले  ४ खेलमा ७ अंक पाएको  छ। समान ७ अंक जोडेको धनगढीभन्दा ललितपुर गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा रहेको छ। वीरगन्ज १ अंकसहित तालिकाको अन्तिम स्थानमा  रहेको छ।  

प्रकाशित: १९ मंसिर २०८० १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App