१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

हिसान उपाधि प्रतिभालाई

उपाधि विजेता प्रतिभा मावि। तस्बिरः नागरिक

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्टस मिटको उपाधि यहाँको प्रतिभा माविले जितेको छ। हिसान कास्कीको आयोजनामा भएको खेलमा सर्वाधिक अंक बटुल्दै प्रतिभा माव च्याम्पियन बनेको हो।  

पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि हात पा¥यो। प्रतिभा गत संस्करणको समेत उपाधि विजेता हो। छात्र–छात्रा बास्केटबलमा प्रथम, टेवुल टेनिसमा ७ पदक तथा व्याडमिन्टनमा एकपदकका साथ कुल २२ अंक बनाउँदै रनिङ शिल्ड आफैसँंग राख्न प्रतिभा सफल भएको हो। करुणानिधी मावि कुल १६ अंकका साथ दोश्रो हुँदा न्यू ग्यालेक्सीले १० अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ।

बास्केटबल फाइनल

स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबल फाइनलमा न्यू ग्यालेक्सीलाई प्रतिभाले ७२–४८ को स्कोरले पराजित गरेको थियो। हिल पोइन्टलाई ३७–२० ले पराजित गरी कास्की मोर्डनाइजले तेश्रो स्थान प्राप्त गरेको छ। त्यस्तै छात्रातर्फ प्रतिभाले न्यू ग्यालेक्सीलाई २३–२० को झिनो स्कोरले पराजित ग¥यो। ग्लोबलले त्रिवेणी पव्लिकलाई १३–१० को स्कोरले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हिसान कास्कीले जनाएको छ।

विश्वविद्यालय छात्र बास्केटबलमा लिंकनले पिसिएमलाई ४७–२८ ले पराजित गरी पहिलो हुँदा लेकसिटी कलेज तेश्रो भएको छ। त्यस्तै छात्रातर्फ फाइनलमा लिंकनले पिसिएमलाई ३१–१५ ले पराजित गरेको छ भने इन्फरमेटिक्स कलेज तेश्रो भएको छ। छात्र प्लस टु बास्केटबलमा प्रतिभाका निश्चल फगामी उत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ प्रतिभाकै यूविका बज्राचार्य उत्कृष्ट खेलाडी भएकी छन् ।  

भलिबल फाइनल

भलिवलमा प्लस टु छात्रातर्फ पश्चिमाञ्चल माविले उपाधि जितेको छ। पहिलो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले गुरुकुल विद्याश्रमलाई २५–२१, २५–१४ र २५–१२ ले पराजित गरेको हो भने केफ मावि तेश्रो बन्यो। केफले कास्की मोर्डनाइजलाई २५–१३ र १२ ले पराजित गरेको छ। हिसान कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए।  

प्रकाशित: १८ मंसिर २०८० ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App