आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाल, नेदरल्यान्ड्स र नामिबियाबिच आगामी फागुन ५ देखी (फेब्रुअरी १७) देखी पहिलो सिरिज सुरु हुने छ। नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ।सिरिज नेपालमा हुनेछ।
यस पटक देखी नेदरल्यान्ड्सले पनि लिग २ नै खेल्नेछ । नेदरल्यान्ड्सले २०१९ देखी २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको हो।
२०२७ सम्म चल्ने लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन्। त्रिकोणात्मक सिरिजको रुपमा हुने यो खेलमा नेपालले सबै देशको भ्रमण गर्नेछ ।यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो।
प्रकाशित: १५ मंसिर २०८० १२:५८ शुक्रबार