१० असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ। 

हालसम्म दुबै टोलीले समान एकएक खेल खेलेको छ। जसमा साविक विजेता काठमाडौँ रेजर्सले एकमा जित हात पारेको छ भने एफसी चितवन आफ्नो पहिलो खेलमा पराजित भएको छ।

अङ्क तालिका अनुसार काठमाडौँ रेजर्स ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एफसी चितवन शून्य अङ्कका साथ पुछारबाट तेस्रो स्थानमा रहेको छ।  आजको खेलमा जित हात पारेर दुबै टोली माथि उक्लिन चाहन्छ।  

प्रकाशित: १२ मंसिर २०८० ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App