२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेट: एपिएफ सेमिफाइनलमा, भुर्तेलको शतकमा पुलिसको फराकिलो जित

शतक प्रहार गरेपछि अभिवादन गर्दै कुशल भुर्तेल ।तस्बिर: उमेश पुन/नागरिक

लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ। 

आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा  समेटिदै ५ रनले पराजित हुदाँ घरेलु मैदानमा अभागी बन्यो। सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकी लुम्बिनीसँग हार व्यहोर्दै बाहिरियो। सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो। नेट रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो।

मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा लुम्बिनीले गण्डकीलाई मध्यम लक्ष्य दिएको थियो। ८ विकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १०३ रनको लक्ष्य प्रस्तुत गर्यो। यद्यपी लक्ष्यलाई गण्डकीले पुरा गर्न सकेनन्। 

दशौं नम्बरमा आएका सुदीप अर्यालले १६ औं ओभरमा १९ रन जोड्दै जितको आशा जगाएका थिए। उनले २४ बलमा ३५ रन बनाउँदै जगाएको आशा १९ औं ओभर मोहम्मद हुसेनको बलमा क्याच आउट भएपछि गण्डकीको सेमिफाईनल पुग्ने यात्रा टुंगिएको थियो।

ओपनर सुशान्त थापालाई शून्यमै गुमाएको लुम्बिनीले तेस्रो नम्बरका महेश रानालाई पनि २ रनमा आउट भएपछि दबावमा परेको थियो। अर्का ओपनर मृनाल गुरुङ ११ रनमा पभेलियन फर्किएपछि लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास विराट भण्डारी र धुर्व सुनारको काँधमा आयो। 

भण्डारीले १६ रन बनाए। २२ बल खेल्दै ३ चौका हिर्काए। सुनारले २३ रन बनाउन २१ ब्ल खेले। २ चौका र १ छक्का हिर्काए। नर सार्कीले पनि १७ बलमा २३ रन बनाउँदै स्कोर उकास्ने प्रयास गरे। गण्डकीका अमृत गुरुङले तीन र चन्द्र पौडेलले २ विकेट लिए।  

प्लेयर अफ दि पुरस्कार थाप्दै भुर्तेल । तस्बिर: उमेश पुन/नागरिक

गौरभ विक र किरण पौडेललाई  दुई ओभरमा गुमाएको गण्डकीले मुस्कान थापालाई पनि एक रनमै आउट भएको हेर्न बाध्य भयो। दिनेश बुढामगरले १३ रनको स्कोर बनाए। कप्तान विपिन खत्रीको नाममा १४ बलमा १९ रन लेखियो। कमल परियार ११ रनमा आउट भए। मोहम्मद हुसैन र अजय लुनियाले समान ३ र रमेश कुर्मीले २ विकेट लिए। लुम्बिनीका मोहम्मद प्लेयर अफ दि म्याच घोषित भए।

अर्को खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको छ। कुशल भुर्तेलको शतकीय पारीमा मधेशले १७६ रनको लक्ष्य पाएको थियो। ओपनर सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटको लागि १३८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। भुर्तेलले प्रतियोगिताको पहिलो शतक प्रहार गर्ने क्रममा ५७ बल खेल्दै ८ चौका र सात छक्का हाने। उनले १०२ रनको शतकीय पारी खेल्दै उत्कृष्ट शुरुवात दिलाएका थिए।

धमलाले ४५ रन बनाई आउट भए। उनले ४७ बल खेले। चार चौका हिर्काए। करण केसीले ५ बलमा २ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे। विशाल पटेल र विशाल सुस्लिङले समान २ विकेट लिए। १७६ रनको लक्ष्य पछ्याएको मधेशका लागि आठौं नम्बरमा आएका रुपेश सिंहले ४० रनको महत्वपूर्ण योगदान दिदैं स्कोर बढाए। करन केसीले पहिलो ओभरको चौथो बलमा हरिशंकर साहलाई आउट गरे। त्यसपछि सागर ढकालले विकेट किपर अनिल साहलाई शून्यमै पभेलियनको बाटो देखाए।

शुरुवातमै कमजोर बनेको मधेशका लागि मध्यक्रम पनि प्रभावकारी देखिएनन् । इमरान शेख केवल २२ रन बनाई आउट हुदाँ पवन सर्राफ र हिमांशु दत्त भने रसिद खानको बलमा सस्तैमा क्रिज छाडे। रुपेशले २५ बलमा ४० रन बनाउने क्रममा तीन चौका र तीन छक्का हिर्काए। १८.२ ओभर खेल्दै मधेशले सबै विकेट गुमाउँदै ११८ रनमा समेटिएको थियो। प्लयेर अफ दि म्याच कुशल भुर्तेल बने। करन केसी, सागर ढकाल, रसिद खान र ललित राजवंशीले समान २ विकेट लिए।  

प्रकाशित: १० मंसिर २०८० १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App